Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

सुन २ लाख १५ हजार ८०० मा, मूल्यमा नयाँ रेकर्ड

सुन २ लाख १५ हजार ८०० मा, मूल्यमा नयाँ रेकर्ड

काठमाडाैं, २७ भदाै । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च दर हो।

बिहीबार सुनको मूल्य ५०० रुपैयाँ घटेर प्रतितोला २ लाख १४ हजार २०० रुपैयाँमा सीमित भएको थियो। तर शुक्रबार मात्र १,६०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। हिजो प्रतितोला २ हजार ५०५ रुपैयाँमा स्थिर रहेको चाँदी शुक्रबार ६० रुपैयाँले बढ्दै २ हजार ५६५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *