Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

अमेरिकाली सीनेटरहरूको नेपालप्रति चिन्ता: हिंसा रोक्न र जिम्मेवारी लिन आग्रह

अमेरिकाली सीनेटरहरूको नेपालप्रति चिन्ता: हिंसा रोक्न र जिम्मेवारी लिन आग्रह

काठमाडाैं, २७ भदाै । अमेरिकाका दुई सीनेटरले नेपालमा हालै भएको हिंसात्मक घटना, सामाजिक सञ्जाल बन्देज र बढ्दो असमानताप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिकी र्‍याङ्किङ सदस्य जेनि शाहिन (डेमोक्रेट–न्यु ह्याम्पसायर) र सिनेटर भान होलेन (डेमोक्रेट–मेरील्याण्ड) ले संयुक्त वक्तव्य जारी गर्दै घटनाका पीडित तथा परिवारप्रति संवेदना प्रकट गरेका हुन्।

उनहरूले भनेका छन्, “नेपालमा हालै भएको हिंसा, ज्यानको क्षति र विनाश अस्वीकार्य छ। पीडितहरू र तिनका परिवारप्रति हाम्रो सहानुभूति छ। सबै पक्षले संयमता अपनाउनुपर्छ र नागरिकमाथि disproportionate बल प्रयोग भए त्यसको पूर्ण जवाफदेही हुनुपर्छ।”

वक्तव्यमा नेपालले विगत दुई दशकमा महत्वपूर्ण लोकतान्त्रिक उपलब्धि हासिल गरेको र ती उपलब्धि जोगाउन शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न आवश्यक रहेको उल्लेख छ।

सीनेटरहरूले नेपाललाई स्थायी शान्ति, लोकतन्त्र र स्थिरताका लागि भ्रष्टाचार र संस्थागत कमजोरी समाधान गर्न आग्रह गर्दै यस्तो कदमले जनविश्वास पुनःस्थापना गर्न मद्दत गर्ने बताए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *