रेशम चौधरीले नाउपा छोड्दै नयाँ पार्टी गठन
काठमाडाैं, २९ भदाै । नाउपा (नागरिक उन्मुक्ति पार्टी) का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन्। चौधरीले सामाजिक सञ्जालमार्फत यो निर्णयको घोषणा गरेका हुन्।
साथै, उनले नयाँ राजनीतिक पहलका रूपमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ पार्टीको पनि घोषणा गरेका छन्।
उनको यो निर्णय पछिल्लो समय विभिन्न राजनीतिक मुद्दामा पत्नी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको विवादसँग सम्बन्धित रहेको विश्लेषकहरूले बताउँछन्।
राजनीतिक गतिविधिमा नयाँ मोड ल्याउने यो कदमले आगामी दिनमा दलगत समीकरणमा असर पार्ने सम्भावना देखिन्छ।



