Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

काठमाडौंका विद्यालय आजदेखि सञ्चालनमा फर्किए

काठमाडौंका विद्यालय आजदेखि सञ्चालनमा फर्किए

काठमाडाैं, २९ भदाै । आइतबारदेखि काठमाडौं महानगरपालिकाका सबै विद्यालयहरू खुलेका छन्। महानगरपालिकाले शिक्षक तथा व्यवस्थापनलाई पठनपाठनका लागि आवश्यक तयारी गर्न आग्रह गरेपछि आजदेखि विद्यालयहरू नियमित रूपमा सञ्चालनमा फर्किएका हुन्।

महानगरपालिकाले सूचना जारी गर्दै विद्यालयमा कुनै क्षति नभएको सुनिश्चित गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न र अवस्था सामान्य नहुँदासम्म बालबालिकालाई सुरक्षित तरिकाले विद्यालयमा ल्याउन र लैजान अनुरोध गरेको छ।

महानगरको शिक्षा विभागले चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालनका लागि तयारी गर्न निर्देशन दिएको छ। यसअनुसार, भदौ २३ र २४ का दिन देशमा सिर्जित अवस्थाका कारण कुनै क्षति भएको छैन भनी सुनिश्चित गर्न र कक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा गर्न भनिएको छ।

महानगरले भदौ ३० गते सोमबारदेखि मनोसामाजिक परामर्शसहित भौतिक रूपमा कक्षा सञ्चालन गर्न, अभिभावक विद्यालयमा आउन नसक्ने विद्यार्थीका लागि श्रव्यदृश्य माध्यमबाट पनि कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *