नेपालमा सुनको मूल्य नयाँ रेकर्डमा
काठमाडाैं, ३१ भदाै ।नेपालको बजारमा आज सुनको मूल्य नयाँ रेकर्डमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला रु. १,९०० बढेर रु. २,१७,१०० पुगेको छ। सोमबार सुनको मूल्य प्रति तोला रु. २,१५,२०० मा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज प्रति तोला रु. २० बढेर रु. २,५९५ मा स्थिर भएको छ। अघिल्लो दिन चाँदीको मूल्य रु. २,५७५ प्रति तोला थियो।



