सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गर्यो
काठमाडाैं, ३१ भदाै । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ। यस दिन सार्वजनिक बिदा दिने व्यवस्था समेत गरिएको छ।
सरकारले आन्दोलनका क्रममा शहादत प्राप्त व्यक्तिलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरिने निर्णय पनि गरेको छ। मृतकका परिवारलाई १५ लाख रुपैयाँ अनुदान दिने योजना तय गरिएको छ।
बैठकले आन्दोलनका क्रममा भएको धनजनको क्षति र ज्यादतीको विषयमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ। साथै, शहादत प्राप्तको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने योजना अघि बढाइने भएको छ।
सरकारको यो कदमले आन्दोलनमा शहादत दिनेहरूलाई सम्मान प्रदान गर्ने र पीडित परिवारलाई राहत दिने उद्देश्य राखेको छ।



