Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

कर विवरण र तिर्ने म्याद एक महिना बढायो

कर विवरण र तिर्ने म्याद एक महिना बढायो

काठमाडाैं, १ असाेज । सरकारले कर विवरण बुझाउन र राजश्व तिर्ने म्याद एक महिना थप गरेको छ। भदौ २५ गतेसम्म पेश गर्न नसकेकाहरू अब २५ असोजसम्म बिना जरिवाना कर बुझाउन सक्नेछन्।

यस अन्तर्गत साउन महिनाको मूल्य अभिवृद्धि कर, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क र विलासिता शुल्क सम्बन्धी विवरण तथा तिर्नुपर्ने रकम बुझाउने म्याद बढाइएको हो।

अर्थ मन्त्रालयका अनुसार, भदौ २३ र २४ गते लागू गरिएको कफ्र्यू र निषेधाज्ञाका कारण सरकारी कार्यालय बन्द हुँदा करदाताले समयमै विवरण पेश गर्न र कर तिर्न नसकेकोले म्याद थप गरिएको हो। मन्त्रालयले २५ असोजभित्र कर तिरेमा कुनै अतिरिक्त शुल्क, जरिवाना वा दस्तुर लाग्ने छैन भनेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *