Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

मुक्तिनाथ विकास बैंकको १८.२०% लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकको १८.२०% लाभांश घोषणा

काठमाडाैं, २ भदाै । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठक गत भदौ ३१ गते बसेर सो निर्णय गरिएको हो।

घोषित लाभांशमा १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.६७ प्रतिशत नगद लाभांश समावेश गरिएको छ। यसका लागि बैंकको हाल कायम चुक्ता पूँजी आधार मानिनेछ।

बैंकले प्रस्ताव गरेको लाभांश योजना अब नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभा (AGM) बाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

यो लाभांश घोषणालाई सेयरधनीहरूले सकारात्मक रूपमा लिएको बैंकले जनाएको छ। बोनस सेयर वितरणले पूँजी आधार बलियो बनाउन मद्दत गर्ने र नगद लाभांशले लगानीकर्ताको प्रत्यक्ष लाभ सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *