Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

कोजाग्रत पूर्णिमासँगै बडादसैं सम्पन्न, लक्ष्मी आराधनाले गुञ्जिए घरघर

कोजाग्रत पूर्णिमासँगै बडादसैं सम्पन्न, लक्ष्मी आराधनाले गुञ्जिए घरघर

काठमाडाैं, २० असाेज । नेपालीहरूको महान् चाड दुर्गा पक्ष अर्थात् बडादसैं आज धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासहित विधिवत् रूपमा समापन हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिनलाई कोजाग्रत पूर्णिमा भनेर चिनिन्छ, जसलाई देवी लक्ष्मीको स्वागत र आराधनाको विशेष अवसरका रूपमा मनाइन्छ। धार्मिक परम्परा अनुसार आजको रातभर जाग्राम बसेर महालक्ष्मीको पूजा–आराधना गर्ने चलन छ।

विश्वास गरिन्छ कि आजको रात पृथ्वी भ्रमणमा निस्केकी देवी महालक्ष्मी जाग्राम बसेका र शुद्ध मनले पूजा गर्ने घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नताको वर्षा गर्छिन्।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पूर्णिमासँगै समाप्त हुँदैछ। बिहान दशैंघरका सम्पूर्ण फूल, प्रसाद र जमराका अवशेष नजिकैको नदी, तलाउ वा पोखरीमा विसर्जन गर्ने परम्परा रहिआएको छ।

यससँगै १५ दिनसम्म मनाइने देवी दुर्गाको आराधना पर्व बडादसैं औपचारिक रूपमा समाप्त भएको छ भने अब देशभरको माहोल तिहारको तयारीतर्फ मोडिँदैछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *