Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

नारायणगढ–मुग्लिन सडक पुनः खुला, दुई दिनपछि यातायात सामान्य

नारायणगढ–मुग्लिन सडक पुनः खुला, दुई दिनपछि यातायात सामान्य

काठमाडाैं, २० असाेज । लगातार वर्षापछि बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्ग आज बिहान ६ बजेदेखि पुनः सञ्चालनमा आएको छ।

गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण सडक क्षेत्रमा पहिरो खस्ने उच्च जोखिम देखिएपछि आइतबार राति ९ बजेदेखि सो मार्गमा सार्वजनिक तथा निजी सवारी साधनको आवागमन रोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जोखिम हटेपछि बिहानैदेखि दुवै तर्फको यातायात सेवा पूर्ण रूपमा सुचारु गरिएको हो। सडक सञ्चालनमा आएपछि होल्डिङ सेन्टरमा रोकिएका छोटो तथा लामो दुरीका सवारी साधनहरू पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।

सडक पुनः सञ्चालनमा आएसँगै दशैं बिदापछि यात्रामा निस्किएका सर्वसाधारणले राहत महसुस गरेका छन्। प्रहरीका अनुसार अझै केही ठाउँमा स–साना पहिरोको जोखिम कायम रहेकाले सर्तक भएर यात्रा गर्न आग्रह गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *