Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

देशभर मनसुनको प्रभाव जारी, केही क्षेत्रमा मध्यम वर्षा र चट्याङको सम्भावना

देशभर मनसुनको प्रभाव जारी, केही क्षेत्रमा मध्यम वर्षा र चट्याङको सम्भावना

काठमाडाैं, २० असाेज । देशभर मनसुनको प्रभाव आज पनि कायम रहेको छ। मौसम विज्ञान विभागका अनुसार, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया बदली रहन सक्छ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ।

विभागले जनाएको छ कि कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भागमा मध्यम वर्षा साथै चट्याङको सम्भावना रहेको छ। बाँकी प्रदेशका पहाडी र तराई क्षेत्रहरूमा पनि आंशिक वर्षा हुने अपेक्षा गरिएको छ।

आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया बदली रहँदा, अन्य प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका केही भागमा मध्यम वर्षा र चट्याङको सम्भावना रहेको छ।

मौसम विभागले आमजनतालाई सम्भावित वर्षा र चट्याङका कारण सतर्क रहन र आवश्यक तयारी गर्न सुझाव दिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *