Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

प्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली, विपद्ग्रस्त जनताप्रति संवेदना र कृतज्ञता

प्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली, विपद्ग्रस्त जनताप्रति संवेदना र कृतज्ञता

काठमाडाैं, २० असाेज । प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार र शनिबारको अविरल वर्षाका कारण इलाम लगायत देशका विभिन्न जिल्लामा जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले शनिबार साँझ सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै विपद्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गरेकी हुन्।

उनीले उद्धार र राहत कार्यमा खटिने सबै सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीयवासीप्रति आभार प्रकट गर्दै विपद्को समयमा देखाइएको धैर्य र एकताप्रति नेपाली जनतालाई धन्यवाद समेत दिएकी छन्।

“यो संकटको समयमा नेपाली जनताले देखाएको धैर्य, सहयोग र सहानुभूति प्रशंसनीय छ। यसका लागि म सबैप्रति हृदयदेखि आभार प्रकट गर्छु,” प्रधानमन्त्री कार्कीले लेखेकी छन्।

प्रधानमन्त्री कार्कीका अनुसार हाल इलामसहितका प्रभावित क्षेत्रहरूमा राहत वितरण कार्य निरन्तर भइरहेको छ भने सरकार उद्धार र पुनःस्थापनामा पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरेकी छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *