Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली

सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली

काठमाडौं, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार बलमिच्याइँले बनेको टिप्पणी गरेका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे ।

उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’

संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन-जी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।

उनले थपे, ‘यो सरकार नेपालीको होइन । अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ । पासपोर्ट रोक्ने रे, मैले काठमाडौं छोड्न नपाउने रे, यो सडक तमासा नभए के हो ?’

उनले सुशीला कार्कीको डरले केपी ओली नभाग्ने बताए । अहिलेको गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै धेरै नचम्किन चेतावनी दिए ।

‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु’, ओलीको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *