Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक सुरु

खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति खड्काको अध्यक्षतामा पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठक आधा घण्टा ढिलो गरी सुरु भएको हो । जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो । उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएको नेताहरूले बताएका छन् ।

बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा इतर समूहका नेता डा.शेखर कोइराला पनि सहभागी छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *