Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

जेन जीबाट दल घोषणा गर्दै मिरज ढुंगाना

जेन जीबाट दल घोषणा गर्दै मिरज ढुंगाना

काठमाडौं, ३१ असोज । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने तयारी गरेका छन्। ढुंगानाले भोलि दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी दिए ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनको भनाई छ।

सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।

‘देश गम्भीर अवस्थामा छ । देशले निकाश खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् ।

ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएकामध्य एक हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *