Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

एनपिएल ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न

एनपिएल ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न

काठमाडाैं, ५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरु हुनुअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा भव्य रूपमा सम्पन्न भएको छ ।

एनपिएल ट्रफी परेडको अभियान सातै प्रदेशमा सञ्चालन गरिने क्यानको योजनाअनुसार कोशी प्रदेशबाट प्रारम्भ भएको परेड दोस्रो चरणमा मधेस प्रदेशको राजधानी जनकपुर हुँदै चितवन पार गर्दै हेटौंडामा आइपुगेको हो ।

हेटौडामा ट्रफी परेडको शुभारम्भ ऐतिहासिक भूटनदेवी मन्दिरमा पूजा अर्चना गरेर गरिएको थियो। त्यसपश्चात ट्रफीसहितको जुलुस नगरका प्रमुख स्थानहरू परिक्रमा गर्दै हेटौडा बजारको केन्द्र बुद्धचोकमा पुगेर समापन भएको हो ।

परेडमा चितवन राइनोज टिमका प्रतिनिधि, नेपाल क्रिकेट संघ मकवानपुरका पदाधिकारी, स्थानीय खेलप्रेमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

परेड सम्पन्न भएपछि ट्रफीलाई आगामी प्रदेशतर्फ पठाइने आयोजकले जानकारी दिएका छन्। क्यानले यस किसिमको ट्रफी परेडमार्फत एनपिएलप्रति जनचासो बढाउने लक्ष्य लिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने तयारिमा छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *