कोष संस्थापक लगानीकर्ताको रुपमा पूँजी बजारमा भित्रिनुपर्छ – अर्थमन्त्री

काठमाडौं, ३१ भदौ । अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारी संचय कोषले पूँजी बजारमा लगानी विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

कर्मचारी संचय कोषको ५७ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री खतिवडाले मुलुककै ठूलो लगानीकर्ताको रुपमा रहेको कोषले अल्पकालिन प्रतिफल भन्दा पनि दिगो प्रतिफलका लागि लगानी गनर््ुपर्ने भन्दै दिर्घकालिन योजनाहरुमा लगानी विस्तारको सुझाव दिनुभएको हो । पूँजी बजारमा लगानी दिर्घकालिन र प्रतिफलमूखी हुने हुँदा कोषले लगानीलाई पूँजी बजारमा विस्तार गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय पूँजी निर्माणमा कोषले भूमिका खेल्नुपर्ने बताउँदै खतिवडाले कोष मुद्रा बजारलाई भन्दा पुँजीबजारलाई चलाउने खेलाडी हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खतिवडाका अनुसार कोषले संस्थापक लगानीकर्ताको रुपमा दोस्रो बजार भन्दा पनि प्राथमिक बजारमा नै लगानी गर्न आवश्यक छ । यसले पूँजी बजारलाई पनि स्थीर राख्न मदत गर्दछ भने बजारमा पूँजी परिचालनलाई चलायमान बनाउन पनि मदत गर्दछ । यसका लागि आवश्यक कानुन निर्माणमा सरकार तयार रहेको छ ।

यस्तै, कोषले बैंकका योजनाहरुमा लगानी गर्न पनि आवश्यक नभएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुको पूँजीको स्रोत हुन आवश्यक नभएको भन्दै १ वर्ष माथिका योजनाहरुमा मात्रै कोषको लगानी हुनुपर्ने उहाँको भनाइ थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *