Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

‘मोन्था’को प्रभावः कोशी, मधेस र बागमतीका यी जिल्लामा भारी वर्षा र बाढीको उच्च जोखिम

‘मोन्था’को प्रभावः कोशी, मधेस र बागमतीका यी जिल्लामा भारी वर्षा र बाढीको उच्च जोखिम

काठमाडौं, १३ कार्तिक  । बङ्गालको खाडीमा विकसित शक्तिशाली सामुद्रिक चक्रवात ‘मोन्था’ को प्रभावका कारण नेपालको मौसममा उल्लेख्य असर परेको छ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

चक्रवात ‘मोन्था’ को सीधा प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्ने देखिएको छ । विभागका अनुसार, मधेस र कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । बागमती, कमला, कोशी र कन्काई लगायतका नदीहरूमा पनि पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र सतर्कता तह नजिक पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

हिमाली क्षेत्रमा हिमपात: कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यमदेखि भारी हिमपात समेत हुन सक्ने चेतावनी जारी गरिएको छ ।

आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरिएकाे छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *