Date

आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

काठमाडाैं, २३ कार्तिक । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार दिवाकर भट्टराईज्यूलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा यस लघुवित्त वित्तीय संस्थाको मिति २०८२/०७/१९ गते बसेको सञ्चालक समितिको बैठकलेवहाँलाई यस वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको छ ।

उक्त पदमा यस अघि सञ्चालक सुमन थपलियाज्यू संस्थापक समूहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आई रहेका थिए । नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्माज्यूसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन्। बैंकिङ्ग क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका दिवाकर भट्टराई हाल एन आई सी एशिया बैंक लिमिटेडमा Chief Agriculture and Other Corporate Loans) को रुपमा कार्यरत रहेका छन्। उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *