Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

आइएमई लाइफको नाफा स्थिर गतिमा, बीमाशुल्क र आम्दानी दुवैमा उल्लेख्य वृद्धि

आइएमई लाइफको नाफा स्थिर गतिमा, बीमाशुल्क र आम्दानी दुवैमा उल्लेख्य वृद्धि

काठमाडाैं, २५ कार्तिक । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले नाफामा सामान्य वृद्धि हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, असोज मसान्तसम्म कम्पनीले १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १४ करोड ५० लाख रुपैयाँको तुलनामा ९.१७ प्रतिशत बढी हो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ३१.९६ प्रतिशतले बढ्दै १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी २५.३३ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको कुल दाबी भुक्तानी २८.६१ प्रतिशतले वृद्धि भई १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कुल खर्च पनि २६.९६ प्रतिशतले बढ्दै १ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

असोज मसान्तसम्म आइएमई लाइफको प्रतिशेयर आम्दानी (EPS) १ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ६७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ (Net Worth per Share) १३७ रुपैयाँ ४१ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ३३.५६ गुणा रहेको उल्लेख गरिएको छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २७ करोड ८६ लाख रुपैयाँ, रिटन्ड अर्निङमा ८६ करोड २६ लाख रुपैयाँ, र अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ सञ्चित रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *