Date

आइत, कार्तिक ३०, २०८२
Sun, November 16, 2025

सानिमा बैंकमा नयाँ नेतृत्व: पवन आचार्य सीइओमा नियुक्त

सानिमा बैंकमा नयाँ नेतृत्व: पवन आचार्य सीइओमा नियुक्त

काठमाडाैं, २५ कार्तिक । सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले आचार्यलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

आचार्यको कार्यकाल आगामी माघ १२ गतेदेखि लागू हुने छ। उनी हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) का रूपमा कार्यरत छन् र बैंकको सञ्चालन तथा रणनीतिक व्यवस्थापनमा लामो अनुभव बोकेका छन्।

उनी हालका सीइओ निश्चलराज पाण्डेका उत्तराधिकारी हुन्। पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ। त्यसपछि आचार्यले बैंकको नेतृत्व सम्हाल्नेछन्।

सञ्चालक समितिका अनुसार, आचार्यको कार्यकाल चार वर्षका लागि हुनेछ। बैंकले उनको नेतृत्वमा संस्थागत सुदृढीकरण, डिजिटल रूपान्तरण र बजार विस्तारमा नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

सानिमा बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो, जसले देशभरका शाखा र डिजिटल सेवामार्फत व्यापक ग्राहक सेवा प्रदान गर्दै आएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *