Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल, चाँदी पनि बढ्यो

नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल, चाँदी पनि बढ्यो

काठमाडाैं, २५ कार्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। हिजो मात्र तोलामा २,९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज एकैदिन ४,९०० रुपैयाँले बढेर कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य २ लाख ४६ हजार ४०० रुपैयाँ तोकिएको छ। हावामा रहेको छापावाल सुन भने २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ३,०६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३,१७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *