अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
काठमाडौं, २५ कार्तिक । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् । सरकारले स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएपछि रेग्मीले २२ कात्तिकदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो ।
यद्यपी अदालतको आदेशपश्चात् पनि सरकारले राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । यसपछि नैतिक दबाबमा परेका राजदूत रेग्मीले राजीनामा दिएका हुन् ।



