Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

काठमाडौं, २५ कार्तिक । लामो समदेखि रोकिएको घरजग्गा कित्ताकाट खुलेको छ । सोमबार मन्त्रिपरिषद बैठकले भू-उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेर कित्ताकाट खुलाएको हो । योसँगै खस्किएको घरजग्गा व्यवसाय उकालो लाग्ने आशा गरिएको छ ।

पालिकाहरूले जग्गा वर्गीकरण नसकेकाले पाँच सय पालिकामा कित्ताकाट भइरहेको थिएन । भू-उपयोग नियमावली जारी भएको तीन वर्ष बिते पनि सात सय ५३ मध्ये २५३ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेर सकेका छन् ।

२०८१ भदौ २७ मा भू-उपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असार मसान्तसम्मको समय दिइएको थियो । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भू-उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

के हो नक्सासहितको वर्गीकरण ?

जग्गा डिजिटल प्रणालीमा हेर्दा के हो, त्यही देखिने व्यवस्था नियमावलीमा थियो । यो वर्गीकरणमा राजमार्ग, शाखा सडक या कृषि क्षेत्रको जग्गा भन्ने पहिचान हुन्छ । जग्गाको नक्सामा क्लिक गर्दा जग्गा जे हो, त्यही देखिन्छ । यसले कसैको पनि जग्गामा कसैले बदमासी गर्न सक्दैन । स्थानीय तहहरुले नक्सासहितको वर्गीकरणको काम गरिरहेका छन् । असार मसान्तसम्ममा यो काम सकिनु पर्ने हो । तर, अहिलेसम्म काम भइरहेको थियो । अन्तिम पटक असार मसान्तमा म्याद थपिए पनि पालिकाहरुले काम नसक्दा घर जग्गा कित्ताकाट रोकिएको थियो ।

नक्सासहितको वर्गीकरणको कामले जग्गा व्यवस्थित हुन्छ, कारोबार पनि व्यवस्थित हुन्छ, यो कामले स्थानीय तहसँग आफ्ना जनतासँग भएको जग्गाको विवरण पनि पारदर्शी हुन्छ, कस्तो जग्गा कुन प्रयोजनका लागि चाहिन्छ र कुन पालिकासँग उपलब्ध हुन्छ भन्ने जानकारी पनि हुन्छ ।

तर, सरकारले घरजग्गा व्यवसायीलाई हित हुने गरी यस्तो महत्वपूर्ण भइरहेकामा हठात् नियमावली संशोधन गरेर कित्ताकाट खुलाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *