Date

शुक्र, मंसिर ५, २०८२
Fri, November 21, 2025

६ महिनाका लागि बैंकिङ्ग प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

६ महिनाका लागि बैंकिङ्ग प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं, २६ कार्तिक । नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ६ महिनाका लागि बैंकिङ्ग प्रणालीबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको हो ।

यसका लागी आज अर्थात् कात्तिक २६ गते मध्यान्ह २ बजेसम्म अनलाइन मार्फत मात्र बोलकबोल हुनेछ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी२०८३ वैशाख २३ गते हुने राष्ट्र बैंकले जनाएको छ । यसका लागी बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।

यस्तै, निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकम सम्म क्रमशः बाँडफाँड गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *