Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा, भूकम्प–सुरक्षा मापदण्ड कडा

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा, भूकम्प–सुरक्षा मापदण्ड कडा

काठमाडाैं, २८ कार्तिक । राष्ट्रिय भवन संहिता (National Building Code) औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नेपाल राजपत्रमा सार्वजनिक भएपछि बिहीबारदेखि संहिताको प्रावधानहरू देशभर लागू भएका छन्।

सहरी विकास मन्त्रालयका अनुसार नयाँ भवन संहिता अब केवल घर तथा पूर्वाधार निर्माणका लागि मात्र होइन, जलविद्युत् परियोजनासम्बन्धी भूमिगत संरचनाहरू—जस्तै बाँध, पावरहाउस र सुरुङ—तयार गर्न पनि निर्देशनका रूपमा प्रयोग गरिनेछ। मन्त्रालयले संहितामा समावेश प्रावधानहरूले भूकम्पीय जोखिम, संरचनागत स्थायित्व, सामग्रीको गुणस्तर र सुरक्षित निर्माण प्रक्रियामा महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने उल्लेख गरेको छ।

मन्त्रालयले स्थानीय तह, इन्जिनियरहरू तथा सर्वसाधारण सबैलाई संहितालाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ। भवन निर्माण अनुमति प्रक्रिया, प्राविधिक डिजाइन, अनुगमन तथा निरीक्षण सबै चरणमा नयाँ मापदण्ड लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ।

राष्ट्रिय भवन संहिता कार्यान्वयनसँगै सुरक्षित, दिगो र मापदण्डअनुकूल पूर्वाधार विकास हुने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *