Date

बिहि, मंसिर ४, २०८२
Thu, November 20, 2025

धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई गर्‍यो ३ बुँदे सिफारिस

धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई गर्‍यो ३ बुँदे सिफारिस

काठमाडौँ, ४ मंसिर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्थ मन्त्रालयलाई ३ बुँदे सिफारिस गरेको छ । आन्दोलनरत कर्मचारीको माग पूरा गर्न बोर्डको सञ्चालक समिति बैठकको निर्णयबाट ३ बुँदे सिफारिस गरिएको हो ।

बोर्डले गरेको सिफारिसको पहिलो बुँदामा मन्त्रालयले गत भदौ २ गते कर्मचारीको सेवा सुविधा घट्ने र फिर्ता गर्नुपर्ने गरी दिएको निर्देशन पुनरावलोकन गर्न भनिएको छ । दोस्रो बुँदामा कर्मचारीसम्बन्धी कार्यविधि खारेज गर्न र कार्यविधिमा रहेका कुराहरू नियमावलीमा राखेर समायोजन गर्न सिफारिस गरिएको छ ।

तेस्रो बुँदा अन्तर्गत नेपाल धितोपत्र बोर्डको स्वायत्तता कायम गर्ने विषयमा विद्यमान कानुनी व्यवस्थालाई सुधार गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

मन्त्रालयको पत्रपछि बोर्डका कर्मचारीहरू भदौ ७ गतेदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए । अर्थ मन्त्रालयमा माग पूरा गर्ने सहमतिसँगै उनीहरू काममा फर्किएका थिए । कात्तिक मसान्तसम्म माग पूरा गर्ने गरी समय सीमा तोकिए पनि अहिलेसम्म उक्त माग पूरा भएको भने छैन ।

नियमित काममा फर्किए पनि कर्मचारीहरूले अहिले पनि कार्यालय परिसरमा एक घण्टा धर्ना भने दिइरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *