Date

आइत, मंसिर ७, २०८२
Sun, November 23, 2025

सुन–चाँदीको मूल्य उकाली, बजारमा पुनः चमक

सुन–चाँदीको मूल्य उकाली, बजारमा पुनः चमक

काठमाडाैं, ७ मंसिर । शुक्रबार घटेको सुनको मूल्य आइतबार उक्लिएको छ। नेपाली बजारमा आज सुनको भाउ एकैदिनमा २,९०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। यो मूल्य शुक्रबारको २ लाख ४१ हजार ७०० रुपैयाँभन्दा २,९०० रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढावसहित आन्तरिक मागका कारण मूल्य समायोजन भएको बताइन्छ।

यस्तै, चाँदीको मूल्य पनि आज बढेर प्रतितोला ३,१३५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ३,१०० रुपैयाँमा कारोबार भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *