Shangrila

प्रधानमन्त्री ओली अमेरिका जाँदै

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली आज राति त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ असोज २ गतेबाट ७३ औं महासभा शुरु भइसकेको छ । विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमलाई ओलीले असोज ११ गते सम्बोधन गर्ने भए पनि उनी ओली त्यसको ५ अगावै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *