Date

सोम, मंसिर १५, २०८२
Mon, December 1, 2025

नेप्से ४.२८ अंकले घट्यो, ४ अर्ब ७१ करोडको शेयर कारोबार

नेप्से ४.२८ अंकले घट्यो, ४ अर्ब ७१ करोडको शेयर कारोबार

काठमाडौं, १५ मंसिर । शेयर बजार मापक नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा बन्द भएको छ । आज कारोबार रकम २ अर्ब ३६ करोड रुपैयाँले घटेकोे छ । आज ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

आइतबार ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।

आज १२४ कम्पनीको शेयरमूल्य बढेको छ । १२६ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर छ ।

लगातार सागर डिस्टिलरीको शेयरमूल्य १० प्रतिशतले बढिरहेको छ । यो कम्पनीको शेयरमूल्य दोस्रो बजारमा सूचीकृत भएदेखि नै लगातार बढेको हो । त्यसैगरी स्वस्तिक लघुवित्तको शेयरमूल्यमा पनि १० प्रतिशतले नै बढेको छ ।

यूनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक मूल्यको शेयर कारोबार भएको छ । यो कम्पनीको २७ करोड १० लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ मध्ये ५ समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *