नेपाल बैंक र पाटन हेल्थ ल्याब प्रा.लि.बीच सम्झौता
काठमाडौं, २३ मंसिर । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरूलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा (Sample collection को लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन् ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले पाटन हेल्थ ल्याब प्रा.लि.बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन् ।



