शिवम सिमेन्ट्सको १२.५० प्रतिशत लाभांश पारित
काठमाडौं, २५ मंसिर । शिवम् सिमेन्ट्सको प्रस्तावित १२.५ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार आयोजित दशौ वार्षिक साधारण सभाबाट कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले मंसिर ११ गते बुक क्लोजको मिति तय गरेकाले मंसिर १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन् ।
साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र २०८२ असार मसान्त सम्मको लेखा परिक्षकको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।
साधारण सभाले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको चुक्ता पूंजी ५ अरव ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपियाँको २.५ प्रतिशतले हुन आउने १३ करोड ६४ लाख २० हजार २ सय १२ रुपैयाँ बराबरका १०० रुपैयाँ दरका १३ लाख ६४ हजार २०२.१२५ थान शेयर र १० प्रतिशतले हुन आउने ५४ करोड ५६ लाख ८० हजार ८ सय ५० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।



