Date

शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले धितोपत्रको कारोवार गर्ने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले धितोपत्रको कारोवार गर्ने

काठमाडौं, २५ मंसिर । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड अन्तर्गतको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न स्विकृत प्राप्त गरेको छ ।

कम्पनीले हाल धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्ध,शेयर रजिष्ट्रेशन, संस्थागत परामर्स सेवा ,धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन तथा सामुहिक लगानी कोष अन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरीको को कार्यहरु गर्दै आइरहेको छ ।

बिगत ३० बर्ष भन्दा बढी समय नेपालको धितोपत्र बजार ब्यवस्थापन सँग सम्वन्धित बिभिन्न संस्थाहरु तथा बैंकिङ्ग व्यवसायहरुमा प्रत्यक्ष संलग्न हुदै आएको यस संस्थाले आगामी दिनहरुमा अनुभवी नेतृत्व, दक्ष ब्यवस्थापन, प्रचलित नियम कानुन तथा नियामक निकायहरुको निर्देशन र मार्गदर्शनहरुको अधिनमा रही नवीनतम प्रविधिलाई अवलम्वन गर्दै संस्थालाई थप उचाईमा पु¥याउने योजना तय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *