Date

शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

त्रिविमा एइरो कनेक्सनसद्धारा ओरिएन्टेशन कार्यक्रम सम्पन्न

त्रिविमा एइरो कनेक्सनसद्धारा ओरिएन्टेशन कार्यक्रम सम्पन्न

काठमाडौं, २६ मंसिर । संयुक्त अरब इमिरेट्समा आधारित एभिएसन माटेरियल समाधानका अग्रणी कम्पनी एइरो कनेक्सनसले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)), पुल्चोक क्याम्पसका एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थीहरूलाई लक्षित गरी एभिएसन अफ्टरमार्केट ओरिएन्टेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरूलाई एभिएसन अफ्टरमार्केट उद्योगबारे आधारभूत ज्ञान दिलाउने र विश्वव्यापी अवसरहरूबारे बुझाउने उद्देश्य राखिएको थियो । कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सहभागीता रहेको थियो, जसले यसलाई अत्यन्तै प्रभावकारी र सहभागितामूलक बनायो । यस कार्यक्रमको सफल सञ्चालनमा त्रिभुवन विश्वविद्यालयका यान्त्रिक तथा एरोनॉटिकल इन्जिनियरिङ विभागप्रमुख डा. सुधिप भट्टराईको सहयोग र समन्वय महत्वपूर्ण रहेको थियो।

अभिमुखीकरण सत्रहरू आइओइका टेक्निकल रिसोर्सेस म्यानेजर अभिषेक सिंह तथा बिजनेस म्यानेजर मेरिन पॉलद्वारा सञ्चालन गरिएको थिए । प्रस्तुतिहरूमा उद्योगको सञ्चालन विधि, बजार प्रवृत्ति तथा करियरका सम्भावनाहरूका बारेमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । अन्तरक्रियात्मक प्रश्न–उत्तर सत्रमा विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाई सोचनीय प्रश्नहरू राखेका थिए ।

एइरो कनेक्सनसका संस्थापक तथा ऋभ्इ मनोज जोनले यस सफल क्याम्पस इनिसियटिभप्रति खुशी व्यक्त गर्दै विश्वविद्यालय व्यवस्थापन तथा विद्यार्थीहरूको सहभागिताको प्रशंसा गरे।   “एक अफ्टरमार्केट समाधान प्रदायकका रूपमा, यस्ता कार्यक्रमहरूले एभिएसन र एरोस्पेस उद्योगभित्र लुकेका अवसरहरूबारे नयाँ पुस्तालाई जानकार बनाउन मद्दत गर्छन्।”

उनले एइरो कनेक्सनस टीमलाई पनि यस्तो व्यापक र प्रभावकारी सत्र सञ्चालन गरेकोमा बधाई दिए, जसले नयाँ प्रतिभाहरूका लागि मार्ग प्रशस्त गर्न सक्ने बताए ।

कार्यक्रमको समन्वय एइरो कनेक्सनसका टोली सदस्य आदिति खनाल र बिक्की दुवालद्वारा गरियो, जसको योगदानले कार्यक्रम सफलतापूर्वक सम्पन्नगर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *