Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

मंगलबार नेप्सेमा २२ दशमलव ३७ अंकको वृद्धि

मंगलबार नेप्सेमा २२ दशमलव ३७ अंकको वृद्धि

काठमाण्डौं ९ असोज । मंगलबार शेयरबजार परिसूचक नेप्से २२ दशमलव ३७ अंकले बढेर १ हजार २ सय ८० दशमलव शून्य ५ बिन्दुमा पुगेको छ । १ सय ७३ कम्पनीका ४२ लाख ४२ हजार ६ सय ३३ कित्ता शेयर ९ हजार सात सय ३० पटकको कारोबारबाट एक अर्ब ८ करोड १० लाख ६६ हजार दुई सय २२ रुपैयाँमा मंगलबार खरिद बिक्री भएको हो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसूचक भने ५ दशमलव तीन एक अंकले बढेर २ सय ७२ दशमलव दुई दुई अंकमा पुगेर बन्द भएको छ । मंगलबार सबैभन्दा बढी प्रभु बैंकको ८ करोड ५१ लाख ४८ हजार ७ सय ९० सय रुपैयाँको शेयर कारोबार भएको छ ।

सर्वाधिक कमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ताहरु रहेका छन् भने गोर्खाज फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन । मंगलबार अन्य समूहबाहेक सबै समूहको परिसूचक उकालो लागेका छन ।

अन्य समूहको परिसूचक एक दशमलव नौ चार अंकले ओरालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ६४ दशमलव छ पाँच अंकले बढेको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x