Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कहाँ–कहाँ पाइन्छ नयाँ नोट?

कहाँ–कहाँ पाइन्छ नयाँ नोट?

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय र यसका क्षेत्रीय कार्यालयहरुबाहेक राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडका शाखाहरुबाट समेत वितरण गर्ने भएको छ ।

नयाँ नोट सटहीका लागि असोज २१ गते देखि असोज २९ गते फूलपातीको अघिल्लो दिन सम्मको समयावधि तोकिएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सूचना जारी गरी मुद्रा व्यवस्थापन विभाग थापाथली र उपत्यका बाहिर विराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीबाट वितरण गरिने जनाएको छ । त्यस्तै, सर्वसाधरणको सुविधाका लागि सरकारी बैंकहरु र तिनका शाखाहरुमार्फत् समेत वितरण गर्ने व्यवस्था रहेको केन्द्रीय बैंकका सहप्रवक्ता गोविन्दप्रसाद नागिलाले जानकारी दिए ।
राष्ट्र बैंकले साना दरका नोटहरु रु. १०० को एक सय ओटा र सो भन्दा तल रु. ५०, रु.२०, रु.१० र रु.५ का नोटहरु दुई सय ओटासम्म प्रतिव्यक्ति सटही दिन सकिने जनाएको छ । यसरी एक व्यक्तिले २७,००० रुपैँया सम्मको सटही लिनसक्ने राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यकामा नयाँ नोट वितरणका लागि नेपाल बैंकको मुख्यालय न्यूरोड र किर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामार्फत् वितरण गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको मुख्यालय सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठीमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखामा नयाँ नोट सटहीको प्रबन्ध छ । त्यस्तै, कृषि विकास बैंकको मुख्यालय रामशाहपथ र गौशला, कोटेश्वर, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखामा यो सुविधा लिन सकिने राष्ट्र बैंकले जनाएको छ । गत वर्ष दशैंको समयमा १३ अर्ब बराबरको साना दरका नोट सटही भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x