Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

दशैलाई लक्षित गरि स्टक क्लियरेन्स मेला सुरु

दशैलाई लक्षित गरि स्टक क्लियरेन्स मेला सुरु

काठमाडौं, १२ असोज । दशैंका लागि आवश्यक सामग्री किन्न भौतारिनु पर्ने बाध्यता हल गर्न राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्धेश्यले मेला सुरु भएको हो । एकै छानामुनी स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले मेलाको सञ्चालन गरेको हो ।

मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले चाडपर्वका समयमा आयोजना हुने मेलाले आमउपभोक्तालाई धेरै सहज हुने गरेको बताए । मेला तथा एक्स्पो आयोजना हुने क्रम बढ्दै गए पनि ठुलो प्रदर्शनी स्थलको अभावले समस्या हुने गरेको उनको भनाई थियो । सरकारले जग्गा मात्र उपलब्ध गराएको खण्डमा आफुहरु प्रदर्शनीस्थल तयार गर्न अग्रसर हुने उनले बताए ।

५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् ।

५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । मेला असोज १५ गतेसम्म चल्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x