Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लघुवित्त कम्पनीहरु पनि मर्जरको बाटोमा

लघुवित्त कम्पनीहरु पनि मर्जरको बाटोमा

काठमाडौं, १५ असोज । पछिल्लो समयमा लघुवित्त कम्पनीहरुले पनि मर्जर तथा प्राप्तीको बाटो रोज्न थालेका छन् । लघुवित्त कम्पनीमा देखिएको कर्जा प्रवाहको समस्याका कारण मर्जरको बाटो रोजेको जानकारहरु बताउछन् ।

केही वर्षअघि राष्ट्र बैंकले नयाँ लघुवित्त संस्था संचालन गर्दा अनुमति लिनराख्नु नपर्ने व्यवस्था गरिदिएको छ । यसकारण पनि लघुवित्त बजारमा नयाँ कम्पनीहरु धेरै नै थपिएका थिए । हाल ६५ वटा लघुवित्त संचालनमा छन् ।

राष्ट्र बैंकले मौद्धिक नीति मार्फत लघुवित्त कम्पनीहरु स्वत मर्जरमा जान सक्ने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले वित्त संस्थाहरुलाई मर्जरका लागी प्रोत्साहन गरेता पनि लघु वित्तहरुको मर्जर र प्राप्ती सम्बन्धी कुनै पनि नीति तथा नियम बनाइएको छैन । राष्ट्र बैंकले अर्थ बार्षिक मौद्धिक नीति समिक्षामा लघुवित्तको मर्जर प्राप्ती सम्बन्धी नीति नियम सार्वजानीक गर्ने भएकाले अहिले नै कुनै पनि लघुवित्तहरु आपसमा मर्जरमा जान नसक्ने नेपाल लघुवित्त वित्तिय संस्था संघका अध्यक्ष रामचन्द्र जोसीले बताए ।

लघुवित्त संघ र राष्ट्र बैंकद्वारा मर्जर सम्बन्धी कुनै पनि नियमहरु सार्वजानीक नै नभैकन केही माईक्रोफाईनान्स्हरुले भने मर्जरको बाटो रोजेका छन् । २०६८ सालबाट लघुवित्त सेवा दिदै आएको वोमी माईक्रोफाईनान्सले मर्जरका लागि साधारण सभामा प्रस्ताव लैजाने निर्णय गरेको छ । कम्पनीको कात्तिक १७ गते हुन लागेको ७ औं बार्षिक साधारण सभामा उक्त प्रस्ताव पेश गरिने छ ।

माईक्रोेफाईनान्सहरुको संख्या आबश्यकता भन्दा बढी भएपछि राष्ट्र बंैकले नयाँ संस्था दर्तामा रोक लगाएको छ। सस्थाहरु वित्त बजारमा धेरै नै भएर पनि कर्जाको दुरुपयोग अत्याधिक रुपमा भैरहेको जानकारहरु बताउछन् । एउटै व्यक्तिले धेरै वटा लघुवित्तबाट कर्जा लिने गरेकाले पनि कर्जा भुक्तानीमा ठुलो समस्या हुने गरेको छ ।  कर्जाको जोखिम र संस्था संचालनमा समस्या भएर नै केही लघुवित्तहरुले आफु खुसी मर्जरको बाटो रोजेको अध्यक्ष जोसीले बताए । उनले भने ‘बजारमा लघुवित्त संस्था साच्चै बढी छन् अहिलेको भन्दा संस्थाहरु आधा नै कम भएमा मात्र लघुवित्त क्षेत्रमा भएको समस्या साधान हुन्छ । मर्जर पश्चात कर्जा जोखिमको समस्या त केहीहद सम्म समाधान होला तर संस्था संचालनमा भने चुनौति नै छ बाणिज्य बैंक र बिकास बैंकहरुको मर्जरको समस्या हामीले देखेकै छौं । ’

अहिले एउटा लघुवित्त संस्थाहरुको कर्जा तिर्न अर्को लघुवित्तबाट कर्जा लिने ऋणिहरु बढी छन् । उत्पादन मुलक व्यवसायमा भन्दा बिलासी सामानहरुमा र नाफा नदिने क्षेत्रमा लघुकर्जा प्रवाह भइरहेकोमा उनको चिन्ता छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x