Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कारोबार रकम सामान्य घटेपनि बढ्यो शेयर बजार

कारोबार रकम सामान्य घटेपनि बढ्यो शेयर बजार

काठमाडौं, ६ मंसिर । बुधबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । हिजो मंगलबार शेयर बजारले सामान्य सुधार देखाए पनि आज ८.०२  अंकले नेप्से परिसुचक माथि उक्लेको छ ।

बुधबार शेयर बजारको परिसुचक ८.०२ अंकले बढेर १४८०.२६ अंकमा पुगेको छ । आज शेयर बजार समग्रमा ०.५४ प्रतिशतले वृद्धि भएको छ । यस्तै सेन्सिटिभ इन्डेस १.९६ अंकले बढेको छ । गत बुधबार शेयर बजार ११.२३ अंकले घटेको थियो । आजको शेयर कारोबारको प्रवृतिलाई हेर्ने हो भने लगानीकर्ताहरुले बजारलाई पुनः माथि लग्ने खोजेको भन्न सकिन्छ । ४६.८६ अंकले घटेको शेयर बजारमा हिजो र आजको वृद्धिले केहि राहत दिन खोजेको छ ।

यता शेयर बजारमा दोहोरो अंकको वृद्धि भएता पनि कारोबार रकममा भने सामान्य गिरावट आएको छ । हिजो मंगलबार ३५ करोड रुपैयाँको कारोबार गरेको शेयर बजारमा आज बुधबार कारोबार रकम घटेर ३४ करोड ८२ लाख ८३ हजार ३५२ रुपैयाँ पुगेको छ । यस्तै बुधबार १५९ कम्पनीहरुको ९ लाख ३१ हजार ५३२ कित्ता शेयरको किनबेच भएको छ ।

बुधबार शेयर बजारमा ९ वटा समुहगत परिसुचकहरुको कारोबार भएको छ । जसमध्ये वित्त कम्पनी र अन्य समुहको परिसुचकमा गिरावट आएको छ भने अरु परिसुचकहरु सकारात्मक रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x