Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजारमा झिनो अंकको बृद्धि

सेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं, २४ असोज । बुद्यबार सेयर बजार झिनो अंकले बढेको छ। आइतबार बढेपनि त्यसपछिका दुई कारोबार दिन घटेको बजार आज ०.४० अंकले बढेर १२१८.३३ विन्दुमा उक्लिएको छ ।

आज १ सय ६२ कम्पनीको २२ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकिङ र उत्पादनमूलक समूह बढेका छन् भने बाँकी सबै समूह घटेको छ। बैंकिङ समूह २.३८ र उत्पादनमूलक समूह ६.१५ अंकले बढेको छ ।

होटल समूह ६.७३, विकास बैंक ३.८, उर्जा ५.६१, वित्तीय २.२२, निर्जीवन बीमा ५.०९, अन्य समूह १.४५ अंकले घटेको छ ।
यस्तै आज मेगा बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x