Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

उद्योग बन्द गर्ने टेक्सटायल व्यवसायीको चेतावनी, ६० हजारको रोजगारी गुम्ने खतरा

उद्योग बन्द गर्ने टेक्सटायल व्यवसायीको चेतावनी, ६० हजारको रोजगारी गुम्ने खतरा

काठमाडौ, २९ । सरकारले टेक्सटायल उद्योगलाई दिदै आएको सेवा सुविधा हटाएपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन् । विसं २०५४ साल देखि सरकारले मूल्य अभिबृद्धि कर (भ्याट) मा दिदै आएको सहुलियत चालु आर्थिक वर्षको बजेट मार्फत हटाउने निर्णय गरेपछि व्यवसायी रुष्ट थिए ।

यसअघि व्यवसायीहरुले कटनमा १० प्रतिशत र सेन्थेटिक कपडामा ७० प्रतिशत भ्याट फिर्ता पाउने गदर्थे भने सुतिको कपडामा १३ प्रतिशत भ्याट समायोजन गर्दै आएको थियो । । व्यवसायीहरुका अनुसार हाल नेपालमा २ सय भन्दा बढी टेक्सटायल उद्योग संचालनमा छन् । त्यसमा करिब ५० देखि ६० हजारले रोजगारी पाइरहेको टेक्सटायल उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले जानकारी दिए । साथै २० अर्व रुपैयाँ भन्दा बढीको लगानी रहेको छ ।

अहिले नेपालमा कुल मागको ९५ प्रतिशत कपडाहरु भारत र चीनबाट आयत हुने गरको छ भने बाँकी ५ प्रतिशत मात्र स्वदेशी उत्पादनले धानेको छ। त्यसमा पनि ९० प्रतिशत कपडा भन्सार छलि नेपाल भित्र्याउने गरको अध्यक्ष प्रधानले जानकारी दिए । यसलाई रोक्ने र भ्याट सुविधा यथावत नराखे उद्योग बन्द गर्ने चेतावनी पनि उनले दिए ।

त्यस्तै उनले टेक्सटायल बोर्ड गठनको माग पनि गरे । कपडा उद्योगको विकासका लागि विगतमा गठन गरिएको बोर्डलाई पुनर्जीवन दिनुपर्ने माग अध्यक्ष प्रधानको रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x