Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआरएन विज्ञ सम्मेलन सम्पन्न, श्वेतपत्र प्रकाशन गरी सरकारलाई सुझाव दिइने

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजित ‘एनआरएन विज्ञ सम्मेलन’ सम्पन्न भएको छ। गैरआवासीय नेपाली दिवसको अवसर पारेर आयोजना गरेको तीनदिने सम्मेलन आइतबार सकिएको हो।
गैरआवासीय नेपालीले विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि भिœयाएर नेपालको समृद्धिमा सहयोग पुर्याउने उद्देश्यका साथ आयोजित सम्मेलन विज्ञहरुको उत्साहजनक सहभागिताका साथ सम्मेलन सम्पन्न भएको आयोजकले जनाएको छ ।
सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञले जलविद्युत, पूर्वाधार, पर्यटन, कृषि, विज्ञान तथा प्रविधि, सामाजिक सुरक्षालगायत विषयमा एक सय ६० वटा कार्यपत्र प्रस्तुत गरेका थिए । १९ सत्रमा प्रस्तुत ती कार्यपत्रमाथिको छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षलाई समेटेर ‘श्वेतपत्र’ जारी गरिनेछ ।
सम्मेलनले विदेशमा नेपालीले सिकेका ज्ञान, सीप र प्रविधिलाई मुलुकमा भित्र्याउन के कस्ता समस्या छन् भन्ने पहिचान गरेको छ । ती समस्या सम्बोधनका लागि विद्यमान कानुनमा के कस्ता सुधार गर्नुपर्छ वा नयाँ कानुनको व्यवस्था गर्नुपर्छ भन्नेबारे श्वेतपत्रमार्फत सरकारलाई सुझाव दिनेछ । संघले यसप्रकारको सम्मेलन पहिलोपटक आयोजना हो ।
सम्मेलनमा १० जना विदेशीसहित विश्वभरबाट तीन सय ५० एनआरएन विज्ञ सहभागी थिए । सम्मेलनअन्तर्गत शनिबार नीतिगत समस्या र समधानका विषयमा चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यस्तै अन्तिम दिन आइतबार कृषि, जलविद्युत्, पर्यटन लगायत विषयमा कार्यपत्र प्रस्तुत भएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x