Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

दशैंमा सुनसान बनेको काठमाडौंमा पुन चहलपहल बढ्यो

दशैंमा सुनसान बनेको काठमाडौंमा पुन चहलपहल बढ्यो

काठमाडौं, ५ कात्तिक । दशैंका लागि सरकारले दिएको सार्वजनीक विदा सकिएसँगै काठमाडौं उपत्यकामा पुन चहलपहल बढेको छ । दशैं मनाउन अधिकांश मानिसहरु आफ्नो जन्मथलो गएका कारण केही दिन काठमाडौं उपत्यका सुनशान जस्तै बनेको थियो ।

महानगरिय ट्राफिक महाशाखाका अनुसार यो पटक २४ लाखको हाराहारीमा यात्रु काठमाडौंबाट बाहिरिएका थिए । सरकारी लगायत नीजि कम्पनीहरु पनि हिजो देखि नै संचालनमा आइसकेका छन् । सहरका किनारा देखि अन्य पसलहरु समेत खुलेका छन् ।

टिकाको दिन देखि नै काठमाडौं आउने क्रम सुरु भइसकेको र हिजो र अस्ति मात्र ११ लाख भन्दा बढी यात्रु काठमाडौं भित्रिइसकेको प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *