सुन एकवर्ष यताकै महँगो, प्रतितोला ६० हजार नाघ्यो

काठमाडौं, ७ कात्तिक । नेपाली बजारमा सुनको भाउ प्रतितोला ६० हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले महंगिएर ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन ६० हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको यो मूल्य एक वर्षयताकै महँगो भएको व्यवसायीहरुले जनाएका छन् ।

त्यस्तै चाँदी पनि प्रतितोला ७ सय ५० रुपैयाँ पुगेको छ। विगत एक वर्षमा चाँदीको मूल्य ८ सय रुपैयाँसम्म पुगेको छ।

विगतका वर्षहरुमा अन्य समयको तुलनामा दशैंको बेला केही मात्रामा बढी सुनको कारोबार हुने गरेको भएपनि यसपटक भने मूल्य बृद्धिको कारण सन्तोषजनक रुपमा कारोबार हुन नसकेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *