४ आयोजनालाई १८ अर्ब रुपैयाँ उठाउँदै नेपाल विद्युत प्राधिकरण

काठमाडौं, १४ कात्तिक । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत आयोजनाले सञ्चालन गरेका चार आयोजनाको लागि आवश्यक पर्ने रकममध्ये सर्वसाधारणबाट शेयर पूँजीमार्फत १८ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ । चारवटै आयोजनाका लागि आवश्यक पर्ने रकममध्ये ५० प्रतिशत शेयर र ५० प्रतिशत ऋणबाट जुटाउने योजना छ । चार वटा आयोजनाका लागि आवश्यक पर्ने रकम यसै वर्ष स्वदेशी स्वःपूँजीबाट जुटाइने हुँदा यस वर्षलाई शेयर वर्षको रुपमा मनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । ७ सय २६ मेगावाट क्षमताका चारवटा आयोजनाका लागि एक खर्ब रुपैयाँ आवश्यक मध्ये १८ अर्ब सर्वसाधारणको तर्फबाट हुने उनकोे भनाई छ ।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले चिलिमे मोडलमा विद्युत आयोजना प्रवद्र्धन गर्दा कुनै एक कम्पनी डुब्दा विद्युत क्षेत्रमा कुनै पनि समस्या नआउने अवस्था सिर्जना भएको घिसिङको भनाई थियो । नेपाल विद्युत प्राधिकरणका असफल आयोजनाको निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढेको हुँदा अबको केही समयमै नेपाल विद्युत प्राधिकरणसँग क्रोनिक आयोजना नहुने घिसिङले जानकारी दिएका छन् ।

नेपाल विद्युत प्राधिकरणले प्रवद्र्धन गरेका कम्पनीहरु मध्ये रसुवागढी र सान्जेनले यस अगाडि नै संस्थापन तर्फको र केही सर्वसारधाण तर्फको शेयर निष्कासन गरेर बाँडफाँड गरिसकेका छन् । १ सय ११ मेगावाट क्षमताको रसुवागढीले एक अर्ब ३३ करोड रुपैयाँको शेयर निष्कासन गरेको थियो ।

त्यस्तै ५७.३ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजनाले ८३ करोड ८४ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गरिसकेको छ । साथै प्रभावित क्षेत्रका वासिन्दा सर्वसाधारणको लागि यसै वर्षमा शेयर निष्कासन गर्ने योजना बनाएको छ । रसुवागढीको निर्माण कार्य ७० प्रतिशत सकिएको छ भने साञ्जेनको माथिल्लो साञ्जेनको ७० प्रतिशत र तल्लो सञ्जेनको ६५ प्रतिशत काम सकिएको छ । माथिल्लो तामाकोशीले प्रभावित क्षेत्रका वासिन्दा र कर्मचारीको लागि शेयर निष्कासन गरिसकेको छ भने बिहिबारदेखि सर्वसाधाणरका लागि शेयर निष्कासन गर्दैछ । आयोजनाको निर्माण कार्य १० प्रतिशत मात्रै बाँकी छ । त्यस्तै मध्ये भोटेकोशीले पहिलो चरणमा १ करोड ४४ लाख कित्ताको शेयर निष्कासन गर्ने भएको छ । दोस्रो चरणमा स्थानीयको लागि ६० करोड र सर्वसाधाणका लागि ९० करोड ?पैयाँको शेयर निष्कासन गर्ने भएको छ । यो आयोजनाको निर्माण कार्य लगभग ४२ प्रतिशत सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *