१४ प्रतिशत नगद लाभांश दिने सानिमा बैंकको प्रस्ताव
काठमाडौं, ५ मंसिर । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त नगद लाभांश बैंकको संचालक समितिको बैठकले प्रस्ताव गरेको छ । राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी मंसिर २७ गते हुने बैंकको १४ औं बार्षिक साधारणसभामा प्रस्ताव पेश गरिने छ ।
यसका साथै बैकले साधारणसभाको लागी मंसिर १४ सेयरधनी दाखिला खारेज तथा बन्द गर्ने भएको छ । बैंकले १ अर्ब १२ करोड १ लाख ७५ हजार ७ सय ६२ रुपैयाँ नगद लाभांशका लागि खर्च गर्ने जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।