Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

नागबेली लघुवित्तको बुक क्लोज मंसिर १३ बाट, बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

नागबेली लघुवित्तको बुक क्लोज मंसिर १३ बाट, बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १२ मंसिर । नागबेली लघुवित्त विकास बैंकको शेयर दर्ता पुस्तिका बन्द मंसिर १३ देखी २५ गतेसम्म हुने भएको छ । ४५.६ प्रतिशत बोनस शेयर दिने भए पछि लघुवित्तको शेयर दर्ता पुस्तिका बन्द गरिने भएको हो ।

नागवेलीले मंसिर २५ गते बस्ने आठौं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई ४५.२ प्रतिशत बोनस शेयर र २.४५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ । यस लघुवित्तको शेयर आज मंसिर १२ गतेसम्म किन्ने शेयरधनीहरुले ४५.६ प्रतिशत बोनस शेयर सुरक्षित गर्न सक्नेछन् ।

लघुवित्तले प्रस्तावित बोनस शेयर वितरण पछि एक सय प्रतिशत हकप्रद जारी गर्ने जनाएको छ । लघुवित्तको हाल चुक्ता पुँजी ५ करोड २६ लाख रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पछि चुक्ता पुँजी ७ करोड ६३ लाख पुग्ने छ । यस्तै हकप्रद शेयरको पुँजीकरण पछि नागबेलीको चुक्ता पुँजी १५ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x