प्रस्ताविक बीमा विधेयकमा परेका ८४ वटा संशोधनमाथि अर्थ समितिमा छलफल
काठमाडौं १७ मंसिर । प्रस्ताविक बीमा विधेयक माथी सांसदहरुले ८४ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । विधेयकमा बिमा व्यवसायको नियमनकारी निकायको रूपमा बिमा प्राधिकरण स्थापना गर्ने र प्राधिकरणको स्विकृती नलिई कुनै पनि कम्पनीले बिमा, पुनर्बिमा, बिमाकोष, सुरक्षणजस्ता कार्यक्रम सञ्चालन गर्न नपाउने लगायतका ब्यवस्थामा संशोधन परेको हो ।
संसदको अर्थ समितिमा विचाराधिन विधेयकमा समितले सरोकारवाला पक्ष विमा व्यबसायी र विमा सर्वेयर संघका पदाधिकारीहरुबाट सुझाव संकलन गरेको थियो । आज बसेको अर्थ समिति बैठकमा सासदहरुले बिमा कम्पनी तथा सर्भेयरहरूले प्रस्तावित विधेयकमा दण्ड सजायको व्यवस्था धेरै भएकोले त्यसमा संशोधन एव पूर्विचार गर्न माग गरे । समिति सदस्यहरले विधेयकका कतिपय दफाहरुमा अनिवार्य संशोधन आवश्यक रहेको जोढ दिए । विधेयक अर्थमन्त्री डा युवराज खतिवडाले गत साउनमा संघीय संसदमा पेश गर्नु भएको थियो ।