एनआएसी एसिया बैंकको १० प्रतिशत बोनसमा मूल्य समायोजन

काठमाडौं, १९ मंसिर । एनआइसी एसिया बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सेयर भाउ ३ सय ७१ रुपैयाँ ८२ पैसामा समायोजन भएको छ । आज एनआइसीको सेयर कारोबार पनि सोही मूल्यलाई आधार मानेर भएको छ ।

यसको औसत आधार मूल्य ४१८ रुपैयाँ ४१ पैसा छ । एनआइसीले पुस ४ गते हुने वार्षिक साधारणमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि बैंकले बुधबार बुक क्लोज गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *