Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

समाधान भयो नेप्सेको अनलाइन कारोवार प्रणाली देखिएको समस्या

समाधान भयो नेप्सेको अनलाइन कारोवार प्रणाली देखिएको समस्या

काठमाडौं,२० मंसिर ।  नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या समाधान भएको बताएको छ ।

गत कात्तिक तेस्रो सातादेखि ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका पछि संचालनमा समस्या सृजना भएको थियो  । नयाँ प्रणाली सञ्चालनमा ल्याउँदा केही जटिलता देखिएको भए पनि ती सबै समस्या समाधान भएको स्टकका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।

स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको र नयाँ प्रणाली पूर्ण रूपले संचालनमा आएको जानकारी घिमिरेले दिए ।  नयाँ प्रणालीको निर्माण वाइको नेपालले गरेको हो ।

धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीद÷बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको हो । नयाँ प्रणालीमा अभ्यस्त नहुँदा लगानीकर्तामा संशय पैदा भएको थियो । लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीलाई सहज हुने गरी सबै व्यवस्था मिलाइएको र नियमित रुपमा नयाँ प्रणालीको जानकारी दिने तालीम दिइएकाले समस्या समाधान भएको नेप्सेको जनाएको छ ।

लगानीकर्ताले नयाँ प्रणालीको प्रयोग गरी शेयर खरीदको आदेश प्रविष्ट गर्ने, कारोवारकै समयमा चार्ट हेर्न मिल्ने, रकम ट्रान्सफर गर्न सकिने आदि सुविधा नयाँ प्रणालीमा छन् । #

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x